भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

एक वर्षमा नेपाल भित्रिए ५ लाख ४९ हजार पर्यटक

एक वर्षमा नेपाल भित्रिए ५ लाख ४९ हजार पर्यटक

काडमाडौं । यो एक वर्षमा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार पाँच सय ८९ र सेप्टेम्बरमा ५८ हजार तीन सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

त्यस्तै अगष्टमा ४१ हजार तीन सय ४, जुलाइमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५, मेमा ५३ हजार छ सय आठ, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नोभेम्बरमा पनि भारतबाट २० हजार आठ सय ३२ पर्यटक आएका छन् । मेरिकाबाट सात हजार आठ सय ३१, बेलायतबाट पाँच हजार एक सय ६५ र अष्ट्रेलियाबाट तीन हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.