भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

एक सय रुपैयाँले तीनजना प्रहरी हिरासतमा

एक सय रुपैयाँले तीनजना प्रहरी हिरासतमा

सिन्धुली । डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर एक सय रुपैयाँ घुस दिंदा सिन्धुलीमा तीनजना सवारी चालक र सहचालक प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिइएको हो।

उदयपुरबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ३०७८ नम्बरको हायस समय अघि नै खुर्कोट चेकपोष्टमा पुगी टामइमकार्ड इन्ट्री गराउने क्रममा प्रहरीलाई एक सय रुपैयाँ घुस खुवाउन खोज्दा उक्त हायसका चालक गाईघाट नगरपालिका ११ उदयपुरका वर्ष २८ का मनोजकुमार तामाङ प्रहरी नियन्त्रणमा परेका हुन् ।

यस्तै सहचालक महोत्तरी नगरपालिका १० का वर्ष १९ का सुनिल शाहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी मनोजकुमार लामाले बताए। सहचालक शाहले टाइम कार्ड भित्र एक सय रुपैयाँ राखेर प्रहरीलाई घुस दिएर समय मिलाउन खोजेका थिए।

 


Thali Mobile Pvt.Ltd.