काठमाडौं । तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए १ सय १९ बिघा जग्गा फिर्ता पाएका छन् । साहुले हडपेको एक सय १८ बिघा १९ कठ्ठा ६ धुर जमिन पीडितलाई जग्गा फिर्ता भएको हो । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु) ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको समेत पाइएको छ ।
पछिल्लो विवरण अनुसार साहुबाट पीडित भएको भनेर २३ हजार नौ सय ६१ जनाले उजुरी दिएका छन् । तीमध्ये तीन हजार एक सय ६१ जना पीडितले जग्गा फिर्ता पाएका गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मधेस प्रदेशको ६९ करोड ५१ लाख छ भने सबैभन्दा कम कर्णालीमा तीन करोड छ लाख रहेको छ । अहिले सरकारले बनाएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले उजुरी लिने, मिलापत्र गराउनेलगायतका काम गरिरहेको छ ।
गम्भीर प्रकृतिका घटना, रकम उठाउन धम्की दिने, मानसिक तथा शारीरिक यातना दिने तथा जग्गा गम्भीर तरिकाले हडप्ने जस्ता व्यक्तिको हकमा भने कारबाहीका लागि सिफारिस गर्ने अधिकार आयोगलाई छ । तर पहिलो चरणमा मिलापत्रलाई नै प्राथमिकता दिएर काम गरिरहेको आयोजनाले जनाएको छ ।
पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयले जनाएको छ । हालसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा यो तथ्य पुष्टि भएको छ ।
मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ । पीडितले साहुसँग एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ रुपैयाँ माग गरेको देखिएको छ । तर साहुले भने रकम बढाएर दुई अर्ब ६१ करोड ६२ लाख २१ हजार दुई ४३ लिनुपर्ने बनाएको मिलापत्रका क्रममा देखिएको छ । यो रकम मागेभन्दा डेढ अर्बभन्दा पनि बढी रहेको छ ।
