भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न

एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न

नवलपुर, । विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा मयो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए । तस्करले खागका लागि धमाधम गैँडा मार्न थालेपछि निकुञ्जले तस्करको खोजीमा ध्यान दिन थाल्यो । सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८–७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ ग¥यो । चालु आवमा पक्राउ परेकामध्ये छ जनालाई यसअघि नै सार्वजनिक गरिएको छ भने आठ जनालाई मङ्गलबार सार्वजनिक गरियो ।

अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मार्नमा सात संलग्न रहेको तथ्य बाहिरियो भने तीन जना पक्राउ परे । अझ रोचक के छ भने ती तीनमध्ये दुई जना सहोदर दाजुभाइ हुन् । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने टोङ्ग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा र ३६ वर्षीय सिंहराम प्रजा सोही घटनामा संलग्न रहेको निकुञ्जले जनाएको छ । ती दुई दाजुभाइसँगै अर्का भाइ सुरेश प्रजा पनि पक्राउ परेका छन् । यसरी एकैपटक तीन दाजुभाइ गैँडा तस्करी मुद्दामा पक्राउ परेका छन् । सुरेश भने विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा गैँडा मार्न संलग्न रहेको निकुञ्जले जनाएको छ ।

उनीहरुसहित निकुञ्जले मङ्गलबार आठ तस्करलाई सार्वजनिक गरेको छ । चार गैँडा मारी खाग बिक्री गरेको ओरोपमा चालु आवको साउन ३२ देखि भदौ १० गतेसम्ममा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सो क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, “एउटै परिवारका धेरै सदस्य गैँडा तस्करमा संलग्न हुनु गम्भीर हो, दोषीलाई कडा कारबाही हुने कानुन बन्नुपर्छ ।” उहाँले विभिन्न चुनौतीका बाबजुद उनीहरुलाई पक्राउ गर्न सफल भएको बताउनुभयो ।

“ठेगाना परिवर्तन र प्राविधिक समस्याका कारण अझै अभियुक्तलाई समयमै पक्राउ गर्न सकिएको छैन, एउटै व्यक्तिलाई विभिन्न नामबाट सजाय तोकिएका छन्, उनीहरुलाई पक्राउ गर्न कठिन छ”, प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो । निकुञ्जले मङ्गलबार सार्वजनिक गरेका अन्य तस्करका आरोपीमा नवलपरासी बर्दघाट–सुस्तापूर्व गैँडाकोट–१ बस्दै आएका ३२ वर्षीय गोपाल सारु, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ घर भएका वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका–९ घर भएका २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरि–४ नयाँबस्ती घर भएका २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।

चारवटा गैँडा मार्न संलग्न भएका १७ मध्ये आठ जना पक्राउ परेका र निकुञ्जले नौ जना अझै फरार रहेको जनाएको छ । निकुञ्जका अनुसार चालु आव २०७८–७९ वर्षमा गैँडा मुद्दामा १४ पक्राउ परिसकेका छन् । अघिल्लो आव २०७७–७८ मा २८ र यस वर्ष १४ गरी हालसम्म ४२ जना पक्राउ परेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.