भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर अस्पतालमा अल्जाइमरको निःशुल्क उपचार सुरु

भक्तपुर अस्पतालमा अल्जाइमरको निःशुल्क उपचार सुरु

भक्तपुर, । कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

कोरोना महामारी र सङक्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा लिन आएपछि क्लिनिक नै सञ्चालन गरेको उहाँले बताउनुभयो । अस्पतालले अल्जाइमर क्लिनिकमा मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चिकित्सकसहितको सेवा प्रत्येक दिन बिहान ९ः०० देखि २ः०० बजेसम्म सञ्चालन गरेको छ ।

अस्पतालले प्रत्येक बुधबार १०ः०० देखि २ः०० बजेसम्म विशेषज्ञ सेवासहितको विशेष उपचार गर्न सुरु गरेको छ । अस्पतालमा पोष्ट कोभिडका बिरामी बढेपछि बिरामीको चाप बढेको छ । अस्पतालले कोभिड निको भएपछि आउने स्वास्थ्य समस्याको उपचारका लागि पोष्ट कोभिड युनिट पनि सञ्चालनमा ल्याएको मेसु डा गौतमले जानकारी दिनुभयो । भाइरल ज्वरोका बिरामीको सङख्या पनि ह्वात्तै बढेसँगै अस्पतालमा अहिले दैनिक ७५० देखि ८०० बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.