भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

एनआरएनको पराजित समूह प्रधानमन्त्रीलाई भेटेपछि कार्यालयमा

एनआरएनको पराजित समूह प्रधानमन्त्रीलाई भेटेपछि कार्यालयमा

काठमाडौं । गैरआवासीय नेपाली संघको पराजित समूहले संघको केन्द्रीय कार्यालयभित्र पसेर फोटोसेसन गरेको छ । विजयी टिम कार्यालय छोडेर दशैं मनाउन हिँडेको मौकामा पराजित टिम भित्रिएको हो । बालुवाटारमा एउटा भवनको फ्ल्याटमा एनआरएनको हेडअफिस रहेको छ ।

अरु फ्ल्याट अरुले नै भाडामा लिएकाले मुल गेट खुल्ला नै हुने गरेको छ । पराजित टिमले बनाएको कार्यसमितिका अध्यक्ष आरके शर्मासहितको टीम मुल गेटबाट सरासर भित्र छिरेको थियो । पराजित समूहले गठन गरेको कार्यसमितिले प्रधानमन्त्रीलाई पनि भेटेका थिए ।

एनआरएनए ११ औं महाधिवेशनमा भएको चुनावमा एमाले निकट डा बद्री केसी विजयी भएका थिए । माओवादीनिकट आरके शर्मा प्रमुख प्रतिस्पर्धी हुँदा कांग्रेसनिकट डा महेश श्रेष्ठ तेस्रो भएका थिए । पराजयपछि शर्मा र श्रेष्ठले गठजोड गरेका छन् ।

उनीहरुले चुनावको मतपरिणाम नमान्ने घोषणा गर्दै समानान्तर कार्यसमिति बनाएका हुन् । सरकारले अहिलेसम्म चुनाव जितेर बनेको कार्यसमितिलाई मान्यता दिएको छैन । केसीको टीमले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्न प्रयास गर्दा उनीहरु अनिच्छुक देखिएका छन् ।

परराष्ट्रमन्त्रीले भने केही दिनमा भेट्ने सन्देश पठाएको स्रोतको दावी छ । यद्यपि, पराजित समूहको कार्यसमितिलाई भने अस्तिकै दिन परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा प्रकाशशरण महतले भेट दिएका थिए । त्यसपछि हिजो प्रधानमन्त्रीले समेत उनीहरुलाई भेटेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.