एमसीसी पारित गरौंः बाबुराम भट्टराई

एमसीसी पारित गरौंः बाबुराम भट्टराई

काठमाडौं । गठबन्धनलाई चुनौती दिदै अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट पारित गर्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आग्रह गरेका छन्।

एमसीसी पास नगरे पाँचदलीय गठबन्धन टुट्ने उनले चेतावनी दिएका हुन् । एमसीसी पारित नभए देश थप कंगाल हुने दाबी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भनेर सचेत गराए।

डा.भट्टराईले भने, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं, सबै एकमुख भएर जनतालाई बुझाऊँ ।’ सामाजिक सञ्जालमार्फत चेतावनी दिदै आइतबार उनले प्रतिगमनविरोधी गठबन्धन नटुटोस् भनेका छन् ।

देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् भन्ने ठहर भट्टराई छ ।

 


Thali Mobile Pvt.Ltd.