भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

काठमाडौं। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओलीले भारी मतान्तरले जितेका छन् ।

ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २ सय २३ मत पाएका छन् । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा गरेको छैन । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार बिहान निर्वाचन भएको थियो ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ प्रतिनिधिले मत खसालेका थिए । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.