भर्खरै : Sorry, your browser does not support inline SVG.

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

काठमाडौं। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओलीले भारी मतान्तरले जितेका छन् ।

ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २ सय २३ मत पाएका छन् । निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा गरेको छैन । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार बिहान निर्वाचन भएको थियो ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ प्रतिनिधिले मत खसालेका थिए । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.