भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले जिल्ला अधिवेशनकाे ओलीले उदघाटन गर्दै

एमाले जिल्ला अधिवेशनकाे ओलीले उदघाटन गर्दै

काठमाडौं । नेकपा एमालेले आज जिल्लामा अधिवेशन गर्दैछ । विविध कारण स्थगित भएकाबाहेकका जिल्लामा अधिवेशन हुन लागेको एमालेले जनाएको छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा अधिवेशनको उदघाटन एकैसाथ गर्ने प्रचार विभागले जनाएको छ ।

यता काठमाडौं अधिवेशनको उदघाटन मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको र त्यसमा एक लाख मानिस उतार्ने एमाले उपप्रमुख विष्णु रिजालले बताए ।

केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला–जिल्लामा खटिएका छन् । यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएपछि प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.