भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

एमालेमा भाडभैलोः ओलीले बोलाए संसदीय दलको बैठक, खनाल–नेपाल पक्षले बहिष्कार गर्ने

एमालेमा भाडभैलोः ओलीले बोलाए संसदीय दलको बैठक, खनाल–नेपाल पक्षले बहिष्कार गर्ने

काठमाडौँ । नेकपा एमालेको आज संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दैछ ।

बालुवाटारमा बिहान साढे १० बजे डाकिएको संसदीय दलको बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक पनि शुरू हुने एमालेले जनाएको छ । बैठकमा पार्टीभित्रको विवाद तथा प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले निर्वाह गर्ने भूमिकाको बारेमा छलफल हुने एक नेताले बताए ।

बैठकको सूचना सबैलाई पठाइएकाले बैठकमा सहभागी नहुने सदस्यलाई कारबाहीको चेतावनी दिँदै आएका अध्यक्ष ओलीले कुनै कदम चाल्ने आकलन गरिएको छ । आजको बैठकमा सहभागी नहुँदा संस्थापन पक्षले चाल्ने कदमपछि थप रणनीति बनाउने खनाल–नेपाल पक्षको तयारी थालेको वताइएको छ ।

नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.