भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमालेमा भाडभैलोः ओलीले बोलाए संसदीय दलको बैठक, खनाल–नेपाल पक्षले बहिष्कार गर्ने

एमालेमा भाडभैलोः ओलीले बोलाए संसदीय दलको बैठक, खनाल–नेपाल पक्षले बहिष्कार गर्ने

काठमाडौँ । नेकपा एमालेको आज संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दैछ ।

बालुवाटारमा बिहान साढे १० बजे डाकिएको संसदीय दलको बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक पनि शुरू हुने एमालेले जनाएको छ । बैठकमा पार्टीभित्रको विवाद तथा प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले निर्वाह गर्ने भूमिकाको बारेमा छलफल हुने एक नेताले बताए ।

बैठकको सूचना सबैलाई पठाइएकाले बैठकमा सहभागी नहुने सदस्यलाई कारबाहीको चेतावनी दिँदै आएका अध्यक्ष ओलीले कुनै कदम चाल्ने आकलन गरिएको छ । आजको बैठकमा सहभागी नहुँदा संस्थापन पक्षले चाल्ने कदमपछि थप रणनीति बनाउने खनाल–नेपाल पक्षको तयारी थालेको वताइएको छ ।

नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.