भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णालीमा ‘आपतकालीन कार्य सञ्चालन केन्द्र’ स्थापना

कर्णालीमा ‘आपतकालीन कार्य सञ्चालन केन्द्र’ स्थापना

सर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, प्राक्टिल एक्सनको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा शुक्रबार प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न भएको हो । बैठकमा मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रदेश विपद्सम्बन्धी बनेका ऐन, नियम, कार्यविधि, मापदण्ड र निर्देशिका सम्मिलित कार्यपत्र प्रस्तुत गरे ।

उनले कर्णालीका १० वटै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा. केशव शर्माले पूर्वसूचना प्रणालीको रणनीतिक कार्ययोजना, त्यसको निर्माण प्रक्रिया, उपाय, आवश्यकता र अन्तरालका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.