भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ककनी मन्दिर दर्शनका लागि गएको गाडी दुर्घटना, चार जनाको मृत्यु, १३ घाइते

ककनी मन्दिर दर्शनका लागि गएको गाडी दुर्घटना, चार जनाको मृत्यु, १३ घाइते

ओखलढुंगा । चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुको दुर्घटनामा परि ज्यान गएको छ । सुनकोसी गाउँपालिका–९ कटुञ्जेमा दुर्घटना हुदा घटनास्थलमै चार जनाको मृत्यु भएको हो ।

क्षमताभन्दा बढि यात्रु बोकेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दुर्घटना मन्दिरतर्फ जाने क्रममा सुनकोशीको कुसाङ सडकबाट खसेको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थल र एक जनाको उद्धारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द काफ्लेले बताए ।

गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका छन् । १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् ।

 


Thali Mobile Pvt.Ltd.