कठ्याङ्ग्रिएर सोलुखुम्बुमा एक कर्मचारीको मृत्यु

कठ्याङ्ग्रिएर सोलुखुम्बुमा एक कर्मचारीको मृत्यु

सोलुखुम्बु । चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । हुलाक कार्यलयमा करारमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजार बस्ने ४९ वर्षीय राम श्रेष्ठको चिसोको कारण ज्यान गएको हो ।

शनिबार डाक पुर्‍याएर फर्किने क्रममा लिखुपिके गाउँपालिका ५ स्थित लामजुरा जंगलमा हिउँ परेपछि चिसो छल्न ओडारमा मृतक श्रेष्ठ र उनका ज्वाई प्रकाश राई बास बसेका थिए । ओडारमा सुतेकै ठाउँमा बिरामी परेका उनको आइतबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्युको खबर पाएपछि प्रहरी चौकी किन्जाबाट प्रहरी हबल्दार आङगेल्बु शेर्पाको टोली उद्धारका लागि घटनास्थल गएपनि बाक्लो हिउँका कारण पुग्न नसकेको बताइएको छ । मृतक श्रेष्ठको शवलाई स्थानीयको सहयोगमा नजिकैको बस्तीमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.