भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कठ्याङ्ग्रिएर सोलुखुम्बुमा एक कर्मचारीको मृत्यु

कठ्याङ्ग्रिएर सोलुखुम्बुमा एक कर्मचारीको मृत्यु

सोलुखुम्बु । चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । हुलाक कार्यलयमा करारमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजार बस्ने ४९ वर्षीय राम श्रेष्ठको चिसोको कारण ज्यान गएको हो ।

शनिबार डाक पुर्‍याएर फर्किने क्रममा लिखुपिके गाउँपालिका ५ स्थित लामजुरा जंगलमा हिउँ परेपछि चिसो छल्न ओडारमा मृतक श्रेष्ठ र उनका ज्वाई प्रकाश राई बास बसेका थिए । ओडारमा सुतेकै ठाउँमा बिरामी परेका उनको आइतबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्युको खबर पाएपछि प्रहरी चौकी किन्जाबाट प्रहरी हबल्दार आङगेल्बु शेर्पाको टोली उद्धारका लागि घटनास्थल गएपनि बाक्लो हिउँका कारण पुग्न नसकेको बताइएको छ । मृतक श्रेष्ठको शवलाई स्थानीयको सहयोगमा नजिकैको बस्तीमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.