भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कतारबाट आउने नेपालीको सूची, चार वटा जहाज आउने

कतारबाट आउने नेपालीको सूची, चार वटा जहाज आउने

३१ जेठ २०७७ शनिबार काठमाण्डौ । कतारमा रहेका नेपाली स्वदेश फर्कन चाहनेकाे सूची सार्वजनिक भएको छ । प्राथमिकतामा परेका र कम्पनीहरुले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी ६ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो ।

समस्यामा परेका ५ हजार १ सय १२ जना छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टपाएकाे छ । फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिने र कम्पनीले टिकट नदिएमा नेपाली आफैले टिकट लिनुपर्ने जनाएकाे छ ।

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा ४ वटा उडान हुनेछन् । तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् । दूतावासले पहिलो चरणमा प्राथमिकतामा परेका नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रुपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.