भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

कर्णाली एमालेको नेतृत्वका लागि आज मतदान, दैलेखले फिर्ता लियो उम्मेदवारी

कर्णाली एमालेको नेतृत्वका लागि आज मतदान, दैलेखले फिर्ता लियो उम्मेदवारी

सुर्खेत । एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आजलाई सारिएको छ । सहमतिका लागि दिनभर प्रयास गर्दा सफल नभएपछि मतदान गर्ने तयारी गरिएको छ ।

सुरक्षाको कारण देखाउँदै आज बिहानका लागि मतदान सारिएको एमाले नेता विष्णु रिजालले बताए । दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुने कार्यतालिका तय गरिएको छ ।

एमाले कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिएका छन् । गुलाबजंग र मीनबहादुर प्यानल नै बनाएर चुनावमा भिड्दै छन् ।

अध्यक्षमा उम्मेदवारी दिएका दैलेखका राजबहादुर शाहीले र कालीकोटका प्रेमबहादुर सिंहले लाचार भएर उम्मेदवारी फिर्ता लिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.