भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अन्नमा मकै, धान तेस्रोमा

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अन्नमा मकै, धान तेस्रोमा

सुर्खेत । कर्णालीमा गएको आर्थिक वर्ष साढे पाँच लाख टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार पाँच लाख ५२ हजार नौ सय ३० टन खाद्यान्न उत्पादन भएको हो । जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै दुई लाख १९ हजार आठ सय दुई टन मकै उत्पादन भएको छ । दोस्रोमा गहुँ एक लाख ५२ हजार छ सय २१ टन र तेस्रोमा धान एक लाख ४५ हजार ६३ टन उत्पादन भएको छ ।

यस्तै जौँ ११ हजार पाँच सय ५६ टन, कोदो १६ हजार तीन सय १० टन, फापर तीन हजार ८८ टन र उवा एक हजार आठ सय १९ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । यसैबीच प्रदेशमा वर्षमा २३ हजार टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ ।

एक जनालाई वार्षिक औषतमा दुई सय एक किलोका दरले खाद्यन्न आवश्यक पर्ने भएकोले प्रदेशको उत्पादनमा थप २३ हजार टन खाद्यन्न आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । मकै, गहुँ, कोदो लगायतका खाद्यन्नभन्दा चामालकै माग बढी हुने भएकोले कर्णालीमा खाद्यन्न आयात भने उच्च छ । रासस

 


Thali Mobile Pvt.Ltd.