भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

काँग्रेस महाधिवेशनको तयारी भृकुटी मण्डपमा, सडकमा डिजिटल स्क्रिनबाट देख्न सकिने

काँग्रेस महाधिवेशनको तयारी भृकुटी मण्डपमा, सडकमा डिजिटल स्क्रिनबाट देख्न सकिने

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तयारी तीब्र पारिएको छ । मञ्च निर्माण देखि प्रचार प्रसारका कार्यलाई काँग्रेसले तिव्र बनाएको छ । राजधानीमा काँग्रेसले पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डा टाँगेर चुनावी माहोल झल्काइरहेको छ ।

भृकुटीमण्डपको प्रमुख गेट महाधिवेशन केन्द्रीत प्रचार–प्रसारका ब्यानरले भरिभराउ छन् भने दुवै पक्ष पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवार प्रचार प्रसारमा व्यस्त छन् । शुक्रबार हुने उद्घाटन सत्रका मञ्च तयार भइरहेको छ । मञ्च निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार विभागले जनाएको छ ।

मञ्चको पहिलो तहमा साँस्कृतिक टोलीले आफ्नो प्रस्तुति दिन सक्नेछ । दोस्रो तहमा काँग्रेससहित अन्य पार्टीका शीर्ष नेता र विदेशी अतिथि र अन्तिम वा माथिल्लो तहमा काँग्रेसका केन्द्रिय पदाधिकारी र अन्य पदाधिकारी बस्न मिल्ने गरि व्यवस्थापन गरिने बताइएको छ ।

महाधिवेशन मञ्च अगाडिको स्थल ३ लाखको हाराहारीमा उपस्थिति रहने कार्यकर्ताहरूलाई भृकुटीमण्डप पार्क, मञ्च अगाडिको सडक, बाहिरी सडकलगायत स्थानमा व्यवस्थापन गरिने काँग्रेसले बताएको छ ।उद्घाटनसत्रमा उपस्थित कार्यकर्ता तथा प्रतिनिधिहरूको सहजताका लागि महाधिवेशन स्थल वरिपरि सुन्न र हेर्न सकिने गरि डिजिटल स्क्रिनको व्यवस्थापन भइरहेको प्रचार–प्रसार विभागले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.