भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

धार्मिक महोत्सवबाट साढे तीन करोड सङ्कलन

धार्मिक महोत्सवबाट साढे तीन करोड सङ्कलन

बलेवा । गलकोटको लक्ष्मीनारायण मन्दिरमा सञ्चालन गरिएको धार्मिक महोत्सवबाट रु साढे तीन करोड सङ्कलन भएको छ । गलकोट नगरपालिका–९ छिसमा रहेको गलकोटकै पुरानो मन्दिरमा महोत्सव सञ्चालन भएको थियो । यही मङ्सिर ६ गतेदेखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको थियो ।

धार्मिक महोत्सवमा स्थानीयवासीले दान र चन्दा सहयोग गरेका महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिनुभयो । धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिनुभएको थियो ।

बाजागाजा, पञ्च कलश, शोभायात्रासहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दीप प्रज्ज्वलन गरिएको उहाँले बताउनुभयो । सो अवसरमा प्रखर धर्मगुरुहरूको आतिथ्यतासँगै सन्तहरुको कुम्भमेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजनकीर्तन, साङ्गीतिक झाँकीसहितका सांस्कृतिक प्रस्तुतिहरु गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । रु पाँच करोड आर्थिक सङ्कलन गर्ने लक्ष्यसहित धार्मिक महोत्सव सञ्चालन गरिएको थियो ।

महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन् । महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भूमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं सङ्घसंस्थालाई अभिनन्दन गरिएको थियो । मन्दिरलाई धार्मिक महोत्सवबाट सङ्कलित रकममार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धारसँगै विविध सेवासहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धाश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्रसमेतको सेवा गर्दै भगवान्को पूर्ण आराधना गर्ने स्थलका रूपमा विकास गरिने महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।

महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुगेको उहाँले बताउनुभयो । विसं २०२५ माघ ७ मा प्राणप्रतिष्ठासहित शुभारम्भ गरिएको मन्दिरमा वैदिक पाञ्चरात्र विधिअनुसार पूजाअर्चना हुँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.