भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

काँग्रेस महाधिवेशनमा मतदाज जारी

काँग्रेस महाधिवेशनमा मतदाज जारी

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चैनका लागि अहिले मतदान जारी छ । यो समाचार तयार पार्दा सम्म एक हजार ४०१ मत खसेको छ ।मध्यान्ह १२ बजेदेखि मतदान सुरु भएको महाधिवेशन मिडिया सेन्टरका संयोजक डां सुरेश आचार्यले बताए ।

१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपका दुई स्थानमा व्यवस्था गरिएको छ । हाल राष्ट्रिय सभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा ९५२ मत खसेको छ ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाले पछि धमाधम मतखसाल्न सुरु भएको हो । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब एक घण्टा समय लाग्ने जनाइएको छ ।

१६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने कांग्रेस विधानमा व्यवस्था रहेको छ । महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या ४ हजार ७ सय ४३ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.