भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

ओसासुनासँग बार्सिलोना बराबरीमा रोकियो

ओसासुनासँग बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस ला लिगा ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोना ओसासुनासँग २(२ को बराबरीमा रोकिएको छ । १२औँ मिनेटमा निको गोन्जोल्वेजको गोलमा बार्सिलोनाले अग्रता लिए पनि त्यसको दुई मिनेटपछि नै डेविड गार्सियाले ओसासुनालाई खेलमा फर्काएका थिए ।

४९औँ मिनेटमा इजालजौलीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर, खेल सकिन ६ मिनेट बाँकी हुँदा इज्क्वेल एभिल्लाले ओसासुनालाई खेलमा फर्काएका थिए । बार्सिलोना १७ खेलमा २४ अंकसहित आठौँ स्थानमा छ भने समान खेलमा २२ अंक बटुलेको ओसासुना १० औँ स्थानमा छ ।

उता मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २(० अन्तरको सहज जित पाएको हो । ​१६औँ मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए । रियाल १७ खेलबाट ४२ अंकसहित शीर्ष स्थानमा छ । २९ अंक बनाएको एट्लेटिको चौथो स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.