काठमाडौं । महत्वकासाथ हेरिएको काठमाडौं महानगरको मतगणना सुरु भएको छ। मतगणनाका लागि वडा नम्बर १ बाट र वडा नम्बर ३२ का बाकस खोलिएका छन् ।
महानगर मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । राष्ट्रियसभा गृहमा मतगणना सुरु भएको हो ।
वडा नम्बर १ र ३२ बाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरमा १५६ मतदान स्थलका ३६३ मतदान केन्द्रबाट शुक्रबार मतदान भएको थियो ।
