बाजुरा । बाजुरा जिल्लाको पूर्वीभेगमा पर्ने बुढिनन्दा नगरपालिका वाड न. ८ को मतदान केन्द्रमा झडप भएपछि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । बैशाख ३० गते नै सो मतदान केन्द्रको मतदान स्थगित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले सो मतदान केन्द्रको स्थगित भएको मतदान अर्को सूूचना नआएसम्मका लागि बन्द भएको बताए । मतदान स्थलमा धाँधली भएको बताउँदै नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको थियो । मतदाताहरुले मतदान गरिरहेका बेलामा भएको विवादले उग्ररुप लिए पछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासन कार्यालयले सो क्षेत्रमा र्कफ्यु लगाएको हो ।
त्यसैगरी बुढिगंगा नगरपालिकाका केही वडामा पनि विवादका घटनाहरु भएकाले त्यहाँको मतदान कार्यसमेत स्थगित भएको र मतदान कार्य गराउने विषयमा निर्बाचन आयोगमा समेत जिल्ला निर्वाचन कार्यालयले निर्णय गरी पठाई सकेको प्रमुख अवस्थीले जानकारी दिए ।
