भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बजुराको बुढिनन्दा ८ को मतदान स्थगित, बुढिगंगाका केही वडा निर्णयको पर्खाईमा

बजुराको बुढिनन्दा ८ को मतदान स्थगित, बुढिगंगाका केही वडा निर्णयको पर्खाईमा

बाजुरा । बाजुरा जिल्लाको पूर्वीभेगमा पर्ने बुढिनन्दा नगरपालिका वाड न. ८ को मतदान केन्द्रमा झडप भएपछि अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । बैशाख ३० गते नै सो मतदान केन्द्रको मतदान स्थगित भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले सो मतदान केन्द्रको स्थगित भएको मतदान अर्को सूूचना नआएसम्मका लागि बन्द भएको बताए । मतदान स्थलमा धाँधली भएको बताउँदै नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको थियो । मतदाताहरुले मतदान गरिरहेका बेलामा भएको विवादले उग्ररुप लिए पछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासन कार्यालयले सो क्षेत्रमा र्कफ्यु लगाएको हो ।

त्यसैगरी बुढिगंगा नगरपालिकाका केही वडामा पनि विवादका घटनाहरु भएकाले त्यहाँको मतदान कार्यसमेत स्थगित भएको र मतदान कार्य गराउने विषयमा निर्बाचन आयोगमा समेत जिल्ला निर्वाचन कार्यालयले निर्णय गरी पठाई सकेको प्रमुख अवस्थीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.