भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन शिक्षकहरुको आन्दोलनका कारण अस्तव्यस्त

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन शिक्षकहरुको आन्दोलनका कारण अस्तव्यस्त

काठमाण्डौ । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएर तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । तेस्रो दिन शिक्षकहरुको आन्दोलनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा आएका छन् ।

माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चक्रपथ, गौशाला, तीनकुने, सातदोबाटो, बल्खु, कलङ्की, भद्रकाली लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै बुधवारदेखि शिक्षकहरु आन्दोलनमा भएकाले देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.