भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

किसानको माग : सरकार कृषि मन्त्रीलाई कारबाही गर

किसानको माग : सरकार कृषि मन्त्रीलाई कारबाही गर

रुपन्देही । ओमसतिया–५ पट्खौलीका किसान आक्रोषित भएका छन् । मल नपाएपछि अहिले आक्राषित भएका हुन । खेतमा झार गोडिसकेपछि खेतमा युरिया मल राख्नुपर्ने भएकाले रासायनिक मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री केन्द्रको प्रादेशिक डिपो भैरहवामा एक बोरा पनि युरिया मल उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।

उक्त डिपोमा मल नै नभएपछि कसरी किसानलाई उपलब्ध गराउनु ? धान रोपेको दुई महिना पुग्न लाग्दा पनि सरकारी निकायबाट मल नपाएपछि रुपन्देहीसहित तराईका किसानले भारतबाट लुकिछिपी ल्याइएको मल महंगोमा किनेर प्रयोग गर्न बाध्य भएका छन् । कृषि सामग्री केन्द्रले मागअनुसार मल कहिल्यै उपलब्ध नगराउदा किसानले भारतबाट विभिन्न माध्यम प्रयोगगरी आएको मल किनेर प्रयोग गर्ने गर्थे ।

kisanतर कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञा जारी भएकाले विगतको उपाए पनि काम लागेन । छिटफुट रुपमा आएको मल पनि प्रहरीले गाउँ–गाउँ पुगेर नियन्त्रणमा लिएकोले उनीहरुको आक्रोष झन बढेर गएको छ । प्रहरीले ‘घुस’ नपाएका कारण किसानले किनेर ल्याएको मल खोसेर अमानवीय काम गरेको किसानको आरोप छ ।

धानमा मल राख्न ढिला भइसक्यो, सरकारले न आफूले मल उपलब्ध गराउंँछ, न किसानले आफैं जोहो गरेको मल राख्न दिन्छ ।’ भन्दै किसानले कृर्षिमन्त्रीले राजीनामा दिनु पर्ने माग राखेका छन् । कृषिमन्त्रीलाई कारबाही गर भन्दै नारा समेत लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.