विदेश गएका श्रमिकलाई निःशुल्क उद्धारको माग

विदेश गएका श्रमिकलाई निःशुल्क उद्धारको माग

कागमाडौ । नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत निःशुल्क उद्वार गर्न माग गरेको छ । मानवीय भावना भन्दा पनि उद्धारमा व्यापार गरिरहेको टिप्पणी गर्दै काग्रेसले यस्तो माग गरेको हो ।

विदेशमा अप्ठ्यारोमा परेका श्रमिकले चार्टर फ्लाइटको महङ्गो टिकट काट्नु पर्ने, क्वारेन्टिनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसिआर परीक्षण आफै गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्चसमेत आफैँ व्यहोर्नु पर्ने लाजमर्दो कुरा सरकारले गरेको प्रति कडा आपती काँग्रेसले गरेको छ ।

नेता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई भरथेग गरिरहेका नागरिकलाई प्रतिकूल बेलामा सरकार उचित व्यवहार नगरेको आरोप लगाएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.