भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कुर्सी भन्दा पनि विचार र सिद्धान्त नै अहिलेको आवश्यक्ता हो: किरण (भिडियोसहित)

कुर्सी भन्दा पनि विचार र सिद्धान्त नै अहिलेको आवश्यक्ता हो: किरण (भिडियोसहित)

काठमाडौं । नेकपाले नेतृत्व गरेको सरकारका प्रधानमन्त्रीले केपी शर्मा ओलीले राजीनामा नदिनु र नेकपा माओवादीले समर्थन फिर्ता नलिनुले थप आशंका पैदा गरेको नेपाली काँग्रेसका भक्तपुरका सहसचिव किरण न्यौपानेले बताएका छन् ।

पार्टीको १४ औं महाधिवेशनको संहारमै रहेका बेला कैलाश खबरसंग कुराकानी गर्दै न्यौपानेले यस्तो आशंका व्यक्त गरेका हुन । कुराकानीकै क्रममा उनले नेतृत्वमा कुर्सीको चिन्ता भन्दा पनि पार्टी कसरी बनाउने भन्नेमा नै चिन्तन हुन जरुरी रहेको बताए । यसो गरेपछि मात्र पार्टी जनताको पार्टी बन्न सक्ने भन्दै विचार र सिद्धान्त नै अहिलेको अपरिहार्य आवश्यक्ता रहेको औल्याए ।

अहिलेको राजनैतिक परिघटनाले काँग्रेसलाई गोल्डेन चान्स आएको तर प्रधानमन्त्री बन्नुभन्दा पनि निर्वाचनमा गएर कांग्रेसलाई पहिलो पार्टी बनाउने तर्फ काँग्रेस लाग्नु पर्ने समय आएको बताए । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको र उनीहरुको स्वार्थपनि एउटै भएको बताए ।

कुराकानीकाे बाँकी अंश सुन्न र हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्…

सरकारबाट समर्थन फिर्ता नलिएको अवस्थामा मधेशवादी दलको धारणा के हुन्छ त्यो हेर्न बाँकी रहेको बताए । आपसी मतभेद जसरी नेकपामा चर्किएको छ त्यो एकदमै घातक भएको जिकिर गरे । यहि हैसियतमा जनतामा नाक देखाउन पनि नेकपा एमाले र माओलादीलाई लाजलाग्नु पर्ने अवस्था आएको भन्दै उनले समाजवादी लक्ष्य राखेकाले जनताई भ्रममा पारेको बताए । जनताको सुख दुःखमा साथ नदिने पार्टी जनतामा नाङ्गीने बताए ।

 


Thali Mobile Pvt.Ltd.