कुवेतमा तीन नेपाली कामदार पक्राउ

कुवेतमा तीन नेपाली कामदार पक्राउ

काठमाडौं । कुवेतमा अवैध मदिराको उत्पादन तथा विक्रीको आरोपमा तीन नेपाली कामदार पक्राउ परेका छन् ।फहहील क्षेत्रमा अवैध रूपमा स्थापना गरेको मदिरा कारखानामा प्रहरीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा मदिरा उत्पादनमा संलग्न तीन नेपालीलाई पक्राउ गरिएको र ठूलो परिमाणमा मदिरा बरामद गरिएको बताइएको छ । उनीहरुको साथबाट मदिरा उत्पादन गर्न प्रयोग हुने घरेलु उपकरण र सामानहरुसमेत बरामद गरिएको छ । छापा मार्ने क्रममा मदिरा तयार गरी बिक्री वितरण गर्नको लागि राखिएको अवस्थामा भेटिएको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.