टिकापुर । टिकापुर नगरपालिका वडा नं. ३ का डुबान पीडित स्थानीयले राहत पाएका छन् । वेमौसमी वर्षाले कैलालीका अधिकाँश ठाउँमा क्षेती पुर्याएको थियो । सबैभन्दा बढी क्षेती वडा नं. ३ का करिब ३५० बाढी प्रभावित परिवारलाई भोलन्टियर कोर नेपालले सहयोग गरेको हो ।
कैलालीको टीकापुर नगरपालिका ३ मा सोवर्स एक्सन, हङकङ, चीनको आर्थिक सहयोगमा कोर नेपालले खाद्यान्न सहयोग गरेको हो । प्रति परिवार एक बोरा चामल, २ केजी दाल, १ केजी नुन र एक लिटर खाना पकाउने तेल सहयोग गरेको हो । ओतलाग्नका लागि उनीहरुलाई १ सय तिरपाल, १ सय वाटर फिल्टर, १ सय कम्बल र २ सय थान सरसफाइ किट सहयोग गरेको सस्थाका अध्यक्ष दिपक चापागाईले बताए ।
सहयो पाउँदा बाढीपीडित खुशी भएको र थप सहयोगको अपेक्षा गरेको उपाध्यक्ष राधा मतांगीले बताइन् । डुबानबाट जोशीपुर गाउँपालिका, भजनी नगरपालिका बढी प्रभावित भएको थियो । यस्तै, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, शिवनगर, चमेलीपुर र विजयनगर मुक्त कमैया शिविरमा बाढी पसेपछि घरहरूमा क्षति पुगेको थियो ।
डुबानमा परेका परिवारको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो । भोलन्टियर कोर नेपालका प्रतिनिधि कैलालीपछि अहिले मुगुका आगलागी पिडितकहाँ सहयोग गर्न हुम्ला तर्फलागेको छ ।
तस्वीरमा…

