भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कैलालीमा धान खरिद सुरु

कैलालीमा धान खरिद सुरु

टीकापुर । सरकारले धान खरिद गर्न सुरु गरेपछि कैलालीका किसान खुसी भएका छन् । सरकारले यही मङ्सिर २७ देखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा धान खरिद सुरु गरेको हो ।‘‘यस वर्ष सरकारले समर्थन मूल्य तोक्न र खरिद दुवै काम गर्न ढिलो ग¥यो”, टीकापुर नगरपालिका–७ सत्तिका किसान केवल डंगौरा चौधरीले भन्नुभयो, “ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेकाले हामी खुसी छौँ ।” उहाँले अब तोकिएकै मूल्यमा धान बिक्री पाइने बताउनुभयो ।केवल डगौरा चौधरी जस्तै डाडाँबोझीका वीरमोहन थारुले पनि सरकारले धान खरिद गर्न थालेपछि खुसी व्यक्त गर्नुभयो । ‘‘सरकारले काँटा लगाएर धान गरिद गर्न लागेकोमा खुसी लागेको छ तर यो काँटा लगाउन अलि ढिला भयो,” उहाँले भन्नुभयो, “ढिलाइ भएका कारण अधिकांश किसानले न्यून मूल्यमा धान बिक्री गरिसकेका थिए ।”

सरकारले सत्ती क्षेत्रबाट पहिलो पटक साढे ५२ सय क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । यहाँ किसानले धान ३० क्विन्टलसम्म सिधैँ बेच्न पाउने र त्यसभन्दा बढी बिक्रीका लागि सिफारीस ल्याएर बेच्नुपर्ने प्रावधान रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीका जीतबहादुर बोहरा बताउनुहुन्छ ।‘‘हामीले धान खरिद सुरु गर्‍यौँ, पालैपालो किसानको धान खरिद सुरु गरिएको छ’’, उहाँले भन्नुभयो, “तीस क्विन्टलसम्म सिधैँ खरिद हुन्छ, त्यसभन्दा बढी भए वडाको सिफारिस ल्याउनुपर्छ ।’’खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कैलालीले जिल्लाबाट ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । सोहीअनुसार कैलालीको टीकापुर, सत्ती र धनगढीको मोहनपुरबाट धान खरिद सुरु भएको हो । कैलालीको जोशीपुर र भजनीमा केही दिनभित्र धान खरिद प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ । यहाँ सरकारले अहिले मोटा धानप्रति क्विन्टल रु दुई हजार नौ सय ६७ खरिद गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.