भर्खरै : Sorry, your browser does not support inline SVG.

कैलाश खबर समाचार प्रभाव: झक्क विकको उपचारमा सहयोगीहातहरु जुट्दै

कैलाश खबर समाचार प्रभाव: झक्क विकको उपचारमा सहयोगीहातहरु जुट्दै

काठमाडौं । शुक्रबार कैलाश खबर डटकममा प्रकाशित सहयोगको अपेक्षा : धेरै पढ्छु भन्थ्यो, अहिले यस्तो अवस्थामा पुग्यो, झक्कका बुबा शिर्षकको समाचार प्रकाशित भएपछि सहयोगीहातहरू जुट्न थालेका छन् ।

दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नंं ७ गान्जाका १० वर्षका झक्क बहादुर विक आगलागिले पुरै शरीर जलेर उचार खर्च नभएपछि र लकडाउन तथा निषेधाज्ञाका कारण अवस्था झन जटिबन्दै गएको छ । उपचार संभव नभएपछि सहयोगीहरुबाट आर्थिक सहयोगको अपेक्षा उनका बुवाले गरेका छन् ।

कैलाश खबरले समाचार बाहिर ल्याएपछि रिसर्ज इन्टरनेश्नलले अप्रेशनमा  सहयोग गर्ने जनाएको छ । यहि बिचमा सहयोगीमन कृतिपुर अस्पताल क्लस्टर एण्ड वनका प्लास्टिक सर्जन शंकरमान राइले अस्पतालमा रहदा बेड र अप्रेशन चार्ज नलग्ने बताएका छन् । सहयोगीमनको सानो सहयोगले आफ्नो जीवन बचाईदिन झक्कले सबैसंग अपिल गरेका छन् ।

पीडित झक्का बुबाले सहयोगी हातहरुलाई अपिल गर्दै झक्ककाे घाटी जाेडिए, खानेकुरा निल्न गाह्राे भएकाे र यताउता हेर्न समेतकाे समस्या भएकाले मनकारी व्यक्तिलाइ जति सकिन्छ त्यती सहयाेग गरिदिन अनुराेध गरेका छन् । साथै सहयाेगका लागि सम्पर्क नंबर 9841616107, 9868651334, 9851223708 समेत सार्वजनिक गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.