भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कोठा एक, पढाइ एक देखि पाँच कक्षा सम्म

कोठा एक, पढाइ एक देखि पाँच कक्षा सम्म

सल्यान । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनमाविमा एउटै कोठामा १ देखि ५ सम्मका पढाइ हुने गरेकाे छ ।भौतिक पूर्वाधार, शिक्षक र शैक्षिक सामग्री अभावमा याे अवस्था अाएकाे विद्यालयले जनाएको छ ।

कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएपछि उनीहरूकाे पठनपाठन र सिकाइ क्रियाकलाप प्रभावकारी हुन सकेकाे छैन ।

स्रोत कक्षामा ११ छात्र र चार छात्रा गरी १५ विद्यार्थीले अध्ययन गरिरहेकाे प्रधानाध्यापक जितबहादुर भण्डारीले बताए । २०५९ सालदेखि विद्यालयमा सांकेतिक भाषा कक्षा सञ्चालनमा छ । १० जना विद्यार्थीको कोटा भए पनि थप पाँच विद्यार्थीलाई भर्ना गरिएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.