भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोभिड अस्पताललाई सहयोग

कोभिड अस्पताललाई सहयोग

भोजपुर । षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई वडा कार्यालयका कर्मचारीले सहयोग सङ्कलन गरी विविध सामग्री हस्तान्तरण गरेका छन् । अस्पताललाई पाँच शय्या, दुई व्हीलचेयर, २५ पिपिइसेट र एडल्ट डायपर १०० थान अस्पताललाई कर्मचारीले सहयोग गरेका हुन् । कर्मचारीले एक लाख ५१ हजार रकम सङ्कलन गरेर स्वास्थ्य सामग्री खरिद गरेर अस्पताललाई बुझाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम बस्नेतले जानकारी दिनुभयो । उहाँले अस्पतालमा आएका बिरामीलाई भुईमा राख्ने अवस्था नआओस भनेर शय्यासहितका सामाग्री दिइएको बताउनुभयो ।

नगरप्रमुख वीरवल राईले कर्मचारीलेआफ्नो तलब कट्टा गरेर अस्पताललाई सहयोग गर्नु स्वागतयोग्य काम रहेको बताउनुभयो । बासिखोरामा प्रहरी चौकी रामप्रसाद राई गाउँपालिका वडा नम्वर ७ बासिखोरामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकृत प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यान दिएर प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौकीमा प्रहरी सहायक निरीक्षकका नेतृत्वमा प्रहरीको व्यवस्था गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.