भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

कोभिड र युद्धका कारण मूल्यवृद्धि भएको र चर्को ब्याजदरका कारण लगानीमा कमी : अर्थमन्त्री

कोभिड र युद्धका कारण मूल्यवृद्धि भएको र चर्को ब्याजदरका कारण लगानीमा कमी : अर्थमन्त्री

काठमाण्डौ । तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भएको अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बताएका छन् । आर्थिक वर्ष २०८० र ८१ को बजेट पेस गर्दै अर्थमन्त्री प्रकाशशशरण महतले बजेटको ८० प्रतिशतभन्दा धेरै रकम सरकारी कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता र चालु प्रकृतिमा खर्च हुने हुँदा पुँजीगत बजेट घट्दै गएको बताएका हुन ।

आयातमा प्रतिबन्ध लगाउँदा राजस्व कम उठेको र अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर हुँदा भुक्तानी प्रणालीमा असर पुगेको उनले बताए । आउँदो आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न केन्द्रित हुने बताए । गरिबी न्यूनीकरण, सूचना प्रविधिको प्रयोगलाई बढावा, युवालाई देशमै रोजगारी, स्रोत साधनको उचित प्रयोगमा ध्यान दिइएको उनले बताए ।

संरचनागत र नीतिगत अप्ठ्याराका कारण आर्थिक गतिविधि कमजोर हुँदा वृद्धिदर कम हुने देखिएको अर्थमन्त्रीको भनाइ छ । कोभिड र युद्धका कारण मूल्यवृद्धि भएको र चर्को ब्याजदरका कारण लगानीमा कमी आएको अर्थमन्त्री महतले बताए । अर्थमन्त्री महतले ९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने व्यवस्था गर्ने बताए ।

उनले यसअघि सहमति दिएकामध्ये ९ महिना पूरा भई हालसम्म बोलपत्र आह्वान नभएका आयोजनाको स्रोत सहमति खारेज गरिने पनि तर्क गरे । सरकारले साढे छ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब रुपैयाँ आसपासको बजेट ल्याउने तयारी गरेको छ । योजना आयोगले आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.