भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

कोरोना विरुद्ध रुसले तयार पारेको ‘स्पुतनिक ५’ खोप बजारमा जाने

कोरोना विरुद्ध रुसले तयार पारेको ‘स्पुतनिक ५’ खोप बजारमा जाने

३२ साउन २०७७ । रुसले तयार पारेको कोरोना विरुद्धको पहिलो खोप बजारमा जाने भएको छ । उसले कोरोनाविरुद्धको पहिलो खोप आफ्नो मुलुकले तयार पारेको दाबी गर्दै खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने जनाएको हो ।

खोपलाई रुसले ‘स्पुतनिक ५’ नाम समेत दिइएको जनाइएको छ । यो खोप सुरक्षित रहेको रुसी राष्ट्रपति भ्लालिमिर पुटिनको दाबी रहेको छ । राष्ट्रपति पुटिनले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको उल्लेख गरेका छन् ।

कोरोना विरुद्धको खोपलाई तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ । यस चरणमा हजारौं मानिसमा परीक्षण गरिने भएकाले खोप उत्पादनमा यो चरण महत्वपूर्ण मानिने रुसी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आगामी डिसेम्बर–जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने खोप विकास गर्ने गामेलिया इन्सिच्युटले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.