भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कोरोना संक्रमितको संख्या नेपालमा १० हजार नाघ्यो, २४ घण्टामा थपिए ५३८ जना

कोरोना संक्रमितको संख्या नेपालमा १० हजार नाघ्यो, २४ घण्टामा थपिए ५३८ जना

९ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । घर फर्किनेको संख्या २ हजार २२४ पुगेको छ । संक्रमितमध्ये २४ जनाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

उनका अनुसार हाल देशका ७६ जिल्लामा संक्रमण फैलिएको छ। रसुवा वाहेकका जिल्लामा कोरोना तीब्रगतिमा फैलिएको छ।

 


Thali Mobile Pvt.Ltd.