काठमाडौं । उपत्यकामा लकडाउन थप एकहप्ता लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहितको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
प्रजिअ, प्रहरी प्रमुख, नगरपालिकाका प्रमुख र जनस्वास्थ्य कार्यालयका प्रमुखको बैठकमा उपस्थिति रहेको थियो । भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा आज सकिदै थियो । बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यान दिदै एक हप्ता निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
बैठकले केही मापदण्डलाई पनि परिमार्जन गरेको छ । नियमित कार्यालय जानुपर्ने कर्मचारी हिँडडुलका लागि बिहान ९ बजेदेखि १०३० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म आवतजावत गर्नुपर्ने नियम बनाइएको छ । त्यसरी आउजाउ गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ ।
औषधि, खाद्यान्न र अत्यावश्यकीय बस्तु खरिदका लागि निश्चित समयमा बाहिर निस्कन पाइने र हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनु पर्नेछ । सवारी साधनको सञ्चालन पनि अन्यावश्यक अन्तरगत सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेकलाई रोक लगाइएको छ ।
यी काम गर्न नपाइने :


