भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

कोरोनाका कारण थप ४ जनाको मृत्यु

कोरोनाका कारण थप ४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइररसको संक्रमणले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिराहाका एक बृद्धको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति ८४ वर्षीय बृद्धको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनको शव सिराहा लाने तयारी भइरहेको छ। यस्तै वीरगन्जमा कोरोनाले थप तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति दुई जना र शनिबार बिहान १ जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले बताए। मृतक एक महिला र दुई पुरुष गरी तीनै जना वीरगन्ज महानगरपालिकाका स्थानीयवासीन्दा हुन् ।

वीरगन्ज महानगरपालिका २२ मनियारीका ३७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि शुक्रबार राति १२ बजे काठमाण्डौ रिफर गरिएको थियो।

एम्बुलेन्समा राखेर काठमाडौं ल्याउने क्रममा चितवनको मुग्लिनमा पुग्दा शनिबार बिहान ४ बजे उनको मृत्यु भएको डाक्टर चौरसीयाले बताए । यस्तै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमै उपचारका क्रममा शुक्रबार राति ४३ वर्षीय एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका १२ घर भएका ती पुरुषको उपचारका क्रममा शुक्रबार राति १२ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता चौरसीयाले जानकारी दिए।

यसैगरि वीरगन्जको नारायणी अस्पतालमा शुक्रबार साँझ मृत्यु भएकी वीरगन्ज महानगरपालिका १२ मुर्लीकी ६५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा १९५ ले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । मृत्यु भएका संक्रमितमध्ये ५१ जनामहिला र १४४ जना पुरुष छन् ।

 


Thali Mobile Pvt.Ltd.