भर्खरै : Sorry, your browser does not support inline SVG.

डोटीका स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय

डोटीका स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय

डोटी । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि डोटीको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैैठकले आइतवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको पहिलो चरणमा भदौ २१ गते आइतवार रातिसम्म सात दिनका लागि निषेधाज्ञा लागू हुने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना संक्रमितको संख्या बढेर ९०० पुगेको छ ।

जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । रासस

 


Thali Mobile Pvt.Ltd.