भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कोरोनाबाट बाँकेमा आठको मृत्यु

कोरोनाबाट बाँकेमा आठको मृत्यु

बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् । त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक÷एक जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.