भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी

क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी

काठमाण्डौ । सरकारले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा घरबास गुमाएका पीडितलाई अस्थायी आवासका लागि जस्तापाता खरिदलगायत निर्माण सामग्रीका लागि राहत दिने सरकारले निर्णय गरेको हो ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि स्थानीय तहसँगै सङ्घसंस्था र नागरिक तहबाट राहत सहयोगमा हातेमालो भैरहेको छ । अघिल्लो हप्ता शुक्रवार मध्यराति गएको भूकम्पमा पूर्ण र आंशिक गरी ६२ हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन नसकेको गुनासो पनि छ । पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँको सहयोगसमेत घोषणा गरेको छ । महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।

विभिन्न पालिकाले भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग रकम नै छुट्टाएका छन् । गण्डकी प्रदेश सरकारले भूकम्पलगत्तै आपत्कालीन मानवीय सहायताका लागि डाक्टरसहित उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने निर्णय गर्‍यो ।

 


Thali Mobile Pvt.Ltd.