भर्खरै : Sorry, your browser does not support inline SVG.
दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव |

खड्काको सबै सम्पत्ति जफत गर्न विशेष अदालतको आदेश

खड्काको सबै सम्पत्ति जफत गर्न विशेष अदालतको आदेश

काठमाडौं । नेपाल आयल निगमका तत्कालीन महानिर्देशक गोपालबहादुर खड्कालाई विशेष अदालतले अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ।
खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र ९ करोड १९ लाख ६ सय ३४ रुपैयाँ जरिवाना न्यायाधीशत्रय श्रीकान्त पौडेल, खुसी प्रसाद थारू र शालिग्राम कोइरालाको इजलासले तोकेको हो ।

तत्कालीन महानिर्देशक खड्काले गैरकानुनी सम्पति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि आयोगले गरेको अनुसन्धानबाट पारिश्रमिक, जग्गा बिक्री, ऋण सापटी, घर भाडा, नोकरीबाट अवकाश हुँदा, पेन्सन, विप्रेषण आय, गाडी बिक्री, उनको छोरा बुहारीको पारिश्रमिक लगायतको विभिन्न स्रोतबाट ८,६४,६९,७५१।५३ रुपैयाँ आर्जन गरेको देखिएको थियो।

खड्काको खर्च तथा लगानीतर्फ भने पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको थियो। उनको खर्च तथा लगानी रु २७,३०,७५,३८०। ७६ पाइएको थियो।

आदेशअनुसार खड्काको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीका नाममा राखेको दुईवटा जग्गासमेत जफत गर्न विशेष अदालतले आदेश दिएको छ। अख्तियारले २०७५ पुस २३ गते खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैंया बिगो कायम गरी मुद्दा दायर गरेको थियो। अख्तियार दुरुपयोग आयोगले मागदाबी गरेको बिगो बापतको रकमसमेत जफत हुने आदेश भएको जनाएको छ ।

खड्काले पदमा रहँदा कानुनविपरीत कमाएको १८ करोडभन्दा बढी सम्पतिको स्रोत नखुलेकोले त्यसरी अकुत रूपमा सम्पति गैरकानुनी रुपमा आर्जन गरेको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.