भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खर फालेर २३८८ घरमा जस्तापाताको छाना

खर फालेर २३८८ घरमा जस्तापाताको छाना

खोटाङ । खरले छाएका दुई हजार ३ सय ८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत खर (फुस) वा कच्ची छाना भएका जनतालाई जस्तापाता वितरण गरिने भएको हो ।

यो वर्ष फुसको छानो भएका वृद्ध, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई पहिलो प्राथामिकतामा राखेर जस्तापाता वितरण गरिने साँसद विशाल भट्टराईले जानकारी दिए । शहरी विकास मन्त्रालयअन्तर्गत वितरण गरिने जस्तापाता यस वर्ष सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३ सय ४८ घर स्थानीय बासिन्दाले पाउने भएका छन् ।

यस्तै हलेसी तुवाचुङ नगरपालिकामा ३ सय ४३ घरपरिवारको फुसको छानो हटाइने भएको छ । १० वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा भएको जस्तापाताको छाना वितरण गर्दा ऐँसेलुखर्क गाउँपालिकामा २ सय ३१, रावाबेँसी गाउँपालिकामा २ सय ६ मा वितरण गरिने छ ।

त्यस्तै जन्तेढुङ्गा गाउँपालिकामा २ सय २०, खोटेहाङ गाउँपालिकामा २ सय ८०, केपिलासगढी गाउँपालिकामा २ सय ११, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २ सय ३, साकेला गाउँपालिकामा १ सय ५० र बराहपोखरीमा गाउँपालिकामा १ सय ९६ घरधुरीले जस्ता छाना पाउनेछन् ।

 


Thali Mobile Pvt.Ltd.