भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

खुमलटार छलफलमै, पद छाड्न दबाबकैबीच ओली राष्ट्रपति भेट्न शितल निवास

खुमलटार छलफलमै, पद छाड्न दबाबकैबीच ओली राष्ट्रपति भेट्न शितल निवास

१८ असार २०७७ काठमाडौ‌ं । नेकपा भित्र आन्तरिक विवाद चुलिएपछि शीर्ष नेताले छलफललाई चलायमान बनाएका छन् । विवादकै बीचमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली निकटका नेतालाई बोलाएर छलफल गरिरहेका छन् । छलफलमा सहभागि भएका ओली निकटका नेताहरुले एकतालाई जोगाउनुको विकल्प नरहेको बताएका छन् ।

पार्टीभित्र केही नेताहरुले कोचलकाडा प्रवृति देखाइरहेकाले नकपा भित्र विवाद चरम उत्कर्षमा पुगेको प्रचण्ड पक्षका नेताहरुले बताएका छन् । केहि छद्मभेषी नेताका कारण यताका कुरा उता र उताका कुरा यता गर्नाले विवाद भएको दुवै नेताले बुझेको केहि नेताको भनाई छ । जसरी भएपनि समस्या समाधानका लागि लाग्नुको विकल्प नरहेको निश्कर्ष बैठकले निकालेको छ । यता नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ताका लागि सितल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओली विहान ११ बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको र अझै छलफल जारी रहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकरीले बताए । नेकपा भित्रको विवादित घटनाक्रमबारे छलफल भएको उनको भनाइ छ । अध्यक्ष प्रचण्ड र नेता माधवकुमार पक्षले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद छाड्न घोचक नीति लिएपछि प्रधानमन्त्री वाध्यकारी अवस्थामा सितलनिवास पुगेको एक नेताले बताए ।

 


Thali Mobile Pvt.Ltd.