खेल–खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्छ : अध्यक्ष विजुक्छे

खेल–खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्छ : अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राजनीतिक कार्यकर्तामा नागरिक भावनाको कमि भएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले शासक दलहरुका कारण राजनीतिक कार्यकर्तामा नागरिक भावनाको भएको बताउनुभएको हो । अध्यक्ष विजुक्छेले बुद्धिचाल खेल पनि एकप्रकारको लडाईं भएको बताउदै राजनीतिक कार्यकर्ताको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको बताउनुभयो ।

उहाले भक्तपुर नगरपालिकाद्वारा विद्यालयस्तरमा लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठहरु समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले खेलाडीहरुले खेलकुदको माध्यमबाट देशलाई चिनाउने अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । बुद्धिचाल खेल बौद्धिक खेल भएकाले खेलाडीहरुको मानसिक विकासमा समेत टेवा पु¥याउने बताउदै खेलकुद मित्रताको लागि खेलिनुपर्ने र शारीरिक स्वस्थताको निम्ति खेल अपरिहार्य रहेको बताउनुभयो ।manch

भक्तपुर नगरपालिकाले आयोजना गरेको नगरस्तरीय र विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई खेलकुद महोत्सवको रुपमा व्याख्या गर्दै अध्यक्ष विजुक्छेले खेलाडीहरुलाई आत्मकेन्द्रित भई खेल–खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तप्र नगर चार दिनसम्म खेलकुदमय हुने बताउनुभयो । उहाले प्रतियोगिता व्यवस्थित र अनुशासित ढंगले सम्पन्न हुनेमा आफू आशावादी रहेको बताउदै भक्तपुर नपाले प्रतिकूल अवस्थालाई अनुकूलतामा परिणत गरी अन्तर नगर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न लागिरहेको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तीस वर्षमा शासक दलहरुले नेपालीहरुको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउदै दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या ज्यूँका त्यूँ रहेको जिकिर गर्नुभयो ।
गोसाईले युवा विद्यार्थीले देशको राजनीतिलाई अलग्ग राख्न नहँुने बताउदैै देशमा अहिले शासक दलका नेताहरुमा नैतिकताको चरम अभाव रहेको बताउनुभयो । उहाँले खेलाडीहरुलाई मित्रवत् एवं अनुशासित ढंगले खेलमा सहभागी हुन सम्पूर्ण खेलाडीहरुलाई प्रोत्साहित गर्नुभयो ।Anterngar

भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले भनपाद्वारा आयोजित खेल प्रतियोगिताले नगरबासी फूर्तिलो र उत्साहित हुने आशा व्यक्त गर्दै भक्तपुर बुद्धिचाल खेलमा अग्रपंक्तिमा रहेको बताउनुभयो । खेलकुद प्रतियोगिता हारजीत भन्दा पनि भाइचारा र सहिष्णुताको लागि खेलिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खेलकुद प्रतियोगिता र खेलाडी सम्मानले खेलाडीहरुमा उत्साह थप्ने र खेल विकासमा टेवा पुग्ने बताउनुहुँदै खेलकुद प्रतियोगिताले विद्यार्थीको शारीरिक र मानसिक विकासमा मद्दत पुग्नुका साथै देशको गौरव पनि बढाउने उल्लेख गर्नुभयो ।

नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले कोभिडको महामारी कम हुँदै गएको अवस्थामा नेपाल बुद्धिचाल संघले विभिन्न खेल प्रतियोगिताको शुभारम्भ गरिसकेको बताउनुहुँदै खेलाडीहरुमा बौद्धिकता विकासको निम्ति बुद्धिचाल खेलमा संलग्नता आवश्यक छ भन्नुभयो । बुद्धिचाल खेल शारिरीक र बौद्धिक खेल भएको बताउनुहुँदै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक सहभागिता हुने लोकप्रिय खेलको रुपमा बुद्धिचाल रहेको बताउनुभयो । कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले खेलकुद मानव जीवनको अड्ड हो र व्यक्तित्व विकाससँग पनि खेलकुद जोडिएको हुँदा खेलकुदले मानव जीवनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदमा लागेका युवाहरु विग्रिन्छ भन्ने कथन गलत सावित हुँदै गएका छ भन्नुहुँदै बौद्धिक खेलमा युवाहरुलाई उत्साहित गनुपर्नेमा जोड दिनुभयो ।ant

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले शुभकामना मन्तव्य दिनुहुँदै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको व्यक्तित्व विकासमा तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न मद्दत पु¥याउने बताउनुभयो ।कार्यक्रममा घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्नुहुँदै प्रतियोगितालाई मित्रताको हिसाबमा लिई खेलमा सहभागी हुन प्रेरित गनुभयो । खेलकुद विकासले युवाहरुको सर्वाड्डिण विकासमा मद्दत पु¥याउने बताउनुहुँदै उहाँले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै खेलकुदमा पनि अगाडि बढाउनु आवश्यक छ भन्नुभयो ।anter nagar

कार्यक्रममा भक्तपुर नगरपालिकाको तर्फबाट भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने रेफ्रीको तर्फबाट निरन्जन प्रजापति र खेलाडीको तर्पmबाट सुमन सुवालले खेललाई अनुशासित र निष्पक्ष ढंगले सञ्चालन गर्ने प्रतिबद्धता सहित सपथ ग्रहण गर्नुभएको थियो । अन्तर नगर खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली भक्तपुर नगरपालिका वडा नं. १ वडा कार्यालय अगाडिबाट शुरु भई भार्वाचो, वंशागोपाल, नासमना, टौमढी, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय, सूर्यमढी, च्याम्हासिंह हुँदै माहेश्वरी बैंक्वेटमा सभास्थलसम्म पुगी टुंगिएको थियो ।sunil

र्यालीमा मूल ब्यानर सहित जनप्रतिनिधिहरु, पूर्व जनप्रनिधिहरु, प्लेकार्डसहित सहभागी नगरपालिकाका पदाधिकारी तथा खेलाडीहरु, भनपाका प्रशिक्षार्थीहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, आत्मरक्षाका प्रशिक्षक, बक्सिड्डका प्रशिक्षक र प्रशिक्षार्थीहरु, विभिन्न बाजा समूहहरु तथा भनपाका कर्मचारीहरुको सहभागिता रहेको थियो । अन्तरनगर बुद्धिचाल प्रतियोगितामा २२ वटा नगरपालिकाहरुको सहभागिता रहेको छ ।Surendra

 


Thali Mobile Pvt.Ltd.