भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खोलाको निकास साँघुरियो, बाढीको जोखिम बढ्दै

खोलाको निकास साँघुरियो, बाढीको जोखिम बढ्दै

राँझा । बाँकेको पेडारी खोलाको निकास साँघुरिदै गएपछि वर्षायाममा आउने बाढीले आवतजावतमा समस्या हुने गरेको छ । बाँकेको बैजनाथबाट खजुरा हुँदै बग्ने पेडारी खोलाले वर्षायाममा कटान गर्दै आउने र खजुरा बजार क्षेत्रमा पुगेपछि डुबान गराउने गरेको छ । नेपालगञ्ज–गुलरिया सडकखण्डमा पेडारी खोलामा रहेको साँघुरो पुलको वारीपारी सडकबाट बाढी बग्ने गरेको छ । खोलाको निकास साँघुरो भएपछि सडकबाटै बाढी बग्ने गरेका कारण वर्षायाममा लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछ ।

पेडारीखोलामा आउने बाढीका कारण यो वर्ष पनि नेपालगञ्ज–गुलरिया सडकखण्डको लामो समय सवारीसाधन जाममा परेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारीसाधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरे पनि ठूलो बाढी आउँदा पुल साँघुरो भएकाले खोला भरिएर वारीपारी सडकमाथिबाट बग्ने गरेको बताए । उहाँका अनुसार नदी तथा खोलाहरू अतिक्रमण हुनु नै बाढीका प्रमुख कारण हो ।

अहिले खजुरामा सडक विस्तारको काम चलिरहेको छ । चारलेन सडक विस्तार गर्ने क्रममा पुल पनि विस्तार गरिने गाउँपालिका अध्यक्ष कक्षपतिले जानकारी दिए । नयाँ चार लेनको पुल नबन्दासम्म अन्य विकल्प नरहेको उहाँको भनाइ छ । चारलेन सडकसँगै पेडारी नालामा चार लेनकै पुल निर्माणको डिपिआर भइसकेकाले अब काम शुरु हुने खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिको भनाइ छ । खजुरा गाउँपालिकाकै वडा नं २ मा पर्ने किरण खोलाको पुल विस्तारका लागि भत्काइएपछि अहिले यातायात अवरुद्ध हुनपुगेको छ ।

नेपालगञ्ज–गौघाट सडकखण्डको सीतापुर केगाउँस्थित किरणखोलाको जीर्ण पुल तीन महिनाअघि भत्काइएको थियो । वर्षाको समयमा पुल नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताए । किरणखोलामा पुल नभएका कारण सदरमुकाम नेपालगञ्ज आउन अहिले जानकी गाउँपालिकाको बेलभार हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.