भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

गणेश कठायतको ‘मायाको मूना’ सार्वजनीक

गणेश कठायतको ‘मायाको मूना’ सार्वजनीक

काठमाडाैं । गणेश कठायतको ‘पलायो मायाको मूना’ सार्वजनीक भएको छ । दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका गैरागाउँमा जन्मीएका गणेश कठायतद्वारा अभिनीत लोक दोहारी गीत सोमवार सार्वजनिक भएको हो । गणेश मुभिजद्वारा सार्वजनिक भएको लोक दोहारी म्यूजिक भिडियाेमा रेशम सापकोटा र शीता श्रेष्ठको स्वर रहेको छ । 

पहिलो लोक दोहोरी गीत सार्वजनिक गरेका कठायतको आफ्नै अभिनय रहेको छ । उक्त गीतमा झलक संगीतमले एरेन्ज गरेका छन् । लय, शब्द संगीत तथा निर्देशन रेशम सापकोटाको रहेको छ । गीतको कोरियोग्राफर गोरन चौधरीले गरेका छन् । भिडियोमा अभिनय कठायत र नीता ढुङ्गानाले गरेकी छन् । व्याकग्राउडमा चर्चित कलाकार पनि देख्न सकिन्छ ।

राहुल राइको छायांकन रहेको उक्त भिडियोको सम्पादन रोशन धितालले गरेका छन् । पहिलो पटक अभिनय गर्दा निकै रमाईलो महशुस गरेका कलाकार कठायतले चर्चित कलाकारहरुसंग अभिनय गर्दा गौरबको अनुभुति गरेको बताए । गणेशले ‘पलायो मायाको मूना’ बोलको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल गणेश मुभिजबाट बजारमा ल्याएका छन् ।

म्यूजिक भिडियाे 

 


Thali Mobile Pvt.Ltd.