भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाँजा खेतीको अध्ययन गर्ने घोषणा हुँदा संसदमा तालि, ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

गाँजा खेतीको अध्ययन गर्ने घोषणा हुँदा संसदमा तालि, ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम घोषणा

काठमाडौं । औषधीजन्य प्रयोग गर्नको लागि सरकारले गाँजा खेतीको अध्ययन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे अर्थमन्त्री डा.प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन । गाँजा खेतीको अध्ययनको विषयमा लामो समयदेखि बहस हुँदै आएपनि अध्ययन गर्ने विषयमा भने सरकार बल्ल घोषणा गरेको हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त वैठकमा प्रस्तुत भएको बक्तव्यमा गाँजा खेतीको अध्ययनबारे घोषणा गर्दा संसदमा तालीले गुञ्जायमान भएको थियो । कृषकहरूका लागि ‘उत्पादन साथमा, अनुदान हातमा’ कार्यक्रम सरकारले घोषणा गरेको छ । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने अर्थमन्त्री महतले बताए ।

कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनमा प्रोत्साहन दिन उक्त कार्यक्रम ल्याइएको बताउँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताए।

 


Thali Mobile Pvt.Ltd.