भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

गाईजात्रा पर्वलाई औपचारिक्तामा सिमित राख्ने भनपाको निर्णय

गाईजात्रा पर्वलाई औपचारिक्तामा सिमित राख्ने भनपाको निर्णय

३१ असार २०७७ भक्तपुर । जात्रा मनाउने या नमनाउने बारे भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेको छ । सरोकारवालासंगको छलफलले कोरोना महामारीका बेला जात्रालाई औपचारिक्तामा सिमित राखेर कोरोना भाइरसको संक्रमण फैलन नदिने निष्कर्ष निकालेको हो ।

छलफलमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस रोग नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले विदेशबाट फर्केकालाई अनिवार्य क्वारेनटाइनमा राख्ने व्यवस्था गहेको जानकारी दिए । कोरोना फैलिए नियन्त्रण गर्न गा¥हो हुने भन्दै कोरोना महामारीकै कारण अर्थतन्त्र खस्किरहेको अवस्थामा भक्तपुर नगरपालिकालाई पनि आर्थिक भार परेको बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई बेवास्ता गरेका देशहरुमा निकै भयावह स्थिति आएको हुँदा रोगको जोखिम न्युनीकरण गर्न भक्तपुर नगरपालिकाले गाईजात्रालगायतका जात्राहरुलाई औपचारिकतामा सीमित गर्ने निर्णय भएको जानकारी दिए । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोरोना रोगको जोखिमका कारण भक्तपुरको सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नाच तथा प्रदर्शनीहरु समय र परिवेशअनुसार परिमार्जन र परिष्कृत गर्दै लानुपर्ने बताइन् ।

त्यस्तै वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले मूर्त अमूर्त सम्पदा र संस्कृतिहरु भक्तपुरको पहिचान भएको हुदा कोरोना संक्रमित रोगीहरुसँग सम्पर्क हुन नदिन नजिकिँदै गरेका जात्रा तथा पर्वहरुलाई औपचारिकतामा सीमित गर्नुपर्ने अवस्था आएको बताए । कार्यक्रममा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु र सांस्कृतिक समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

साउन ४ गते गथामग च¥हे र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा (सापारु) पर्व पर्ने र ती दुवै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भीड जम्मा हुने र जोखिम बढ्ने खतरा भएकोले यस्तो निर्णय गरिएको हो । भेलाबाट प्राप्त राय सुझावका आधारमा गथामग च¥हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्ने तथा घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने भक्तपुर नगरपालिकाले निर्णय गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.