भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

गुम्यो सहकारीको शाख, ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

गुम्यो सहकारीको शाख, ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

भक्तपुर । बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका भक्तपुर शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले शर्मालाई पक्राउ गरी काठमाडाैं लगेको हो ।

उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । आजै घटना विवरण सार्वजनिक गर्ने उनले बताए । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका थिए । शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि सञ्चालन गरेका थिए ।

दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको अनुसन्धानमा भेटिएको प्रहरीले जनाएको छ । बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए । एक सूचना जारी गरी सिआइवीले भक्तपुरमा कार्यालय भई काठमाडौँ, ललितपुरका विभिन्न क्षेत्रको सेवा केन्द्रमा बचत गरेको रकम हिनामिना गरी नदिएको भएमा प्रमाणसहित ब्युरोमा सम्पर्कमा आउन बचतकर्तालाई अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.