भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

गुल्मीमा पहिरोले घर पुर्दा चारजना बेपत्ता, एकको शव भेटियो

गुल्मीमा पहिरोले घर पुर्दा चारजना बेपत्ता, एकको शव भेटियो

गुल्मी। गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता भएका पाँच जनामध्ये एक जनाको शव फेला परेको छ । मालिका गाउँपालिका -६ कँडेलपाटाका भेषबहादुर बिकको घर गएराती पहिरोले पुर्दा एकै परिवारका पाँच जना बेपत्ता भएको वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।

गएराती परेको पानीका कारण गएको पहिले माथिबाट खसेर घर पुरेको हो । पहिरोमा परेर भेषबहादुर विक, श्रीमती सुन्तली विक, बुहारी सीता विक,नातिनी रचना विक र बिपना विक बेपत्ता भएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।बेपत्तामध्ये भेषबहादुरको शव बाहिर निकालिएको वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । पहिरोमा पुरिएका अन्यको स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको वडाध्यक्ष भण्डारीले बताए ।
शुक्रबारदेखि गुल्मीलगायत आसपासका क्षेत्रमा लगातार पानी परिरहेको छ । प्रहरी निरीक्षक रामकुमार केसिको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा तर्फ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

उद्वारको लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटना स्थलतर्फ लागेको छ । जनप्रतिनिधि, स्थानीय र प्रहरीको सहयोगमा उद्वार कार्यलाई तीब्र पारिएको छ । मालिका रिङरोड अन्तर्गत  जमलपोखरामा मेसिनरी वाल निर्माण नगर्दा सिंगो बस्ती र विद्यालय जोखिममा रहेको स्थानीयले बताएका छन् । अन्नपूर्ण पोस्ट दैनिकबाट।

 


Thali Mobile Pvt.Ltd.